१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

नेप्सेको प्रणालीमा आज पनि समस्या

२८ भदौ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा आज पुनः समस्या देखिएको छ । पछिल्ला केही दिनदेखि देखिँदै आएको समस्या समाधान नहुँदा यसको प्रभाव आज पनि बजारमा देखियो । जसका कारण आज दिउँसो केही समय लगानीकर्ताले शेयर किन्न र बिक्री गर्नसमेत समस्या व्योहोरेका छन् । यद्यपी समस्या समाधान गरिएसँगै कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भयो । स्टकका अनुसार नेप्से १६.५६ बिन्दुले बढेर एक हजार ५३७.२५ मा पुग्यो । यस्तै सेन्सेटिभ परिसूभक २.५९ ले वृद्धि भई ३०३.९७ मा पुग्यो । आज कूल १९१ कम्पनीको ७१ लाख ७९ हजार ८ कित्ता शेयर रु तीन अर्व ३७ करोड ४१ लाख ४४ बराबरको कारोबार भयो ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २९.२२, वित्त २.९४ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ५.८२, होटल ५७.९६, विकास बैंक १.३६, जलविद्युत् ४०.१५, निर्जीवन बीमा ३२५.१५, उतपादन १७.०८, अन्य ०.८७, लघुवित्त ८.२ र जीवन बीमा २८३.८८ ले वृद्धि भएको छ ।

स्टकका अनुसार कारोबारका आधारमा आज पनि पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २४ करोड २० लाख ३२ हजार ३८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १९ करोड ३० लाख ७६ हजार ६७, नागरिक लगानी कोष रु १६ करोड ३९ लाख १८ हजार ५०९, शिवम् सिमेन्ट रु १० करोड ५६ लाख ९७ हजार ५२ र प्रिमियर इन्स्योरेन्स कम्पनी रु १० करोड २५ लाख ४६ हजार ३०३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार रिलायन्स इन्स्योरेन्स कम्पनी ९.९८, एनआरएन लघुवित्त वित्तीय संस्था ९.९५, एनआरएन इन्फ्रास्टकचर ९.७७, राधी विद्युत् कम्पनी ९.६३ र अरुण ध्याली हाइड्रोपावर कम्पनीका शेयररधनीले ९.२४ प्रतिशतले कमाए । यस्तै, नबिल ब्यालेन्स फण्ड दुई ९.२७, दिव्यश्वरी हाइड्रोपावर ५.१७, आँखु खोला जलविद्युत् कम्पनी ४.५५ र नागरिक लगानी कोषका लगानीकर्ताले ४.१२ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : September 13, 2020 at 7:18 pm