२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

उद्धार उडानमा यात्रु ठगीको विषयमा छानविन गरेर कारबाही गराैँः पूर्व अध्यक्ष रिजाल


१७ भदौ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता समेत रहेका ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल९टान० का पूर्व अध्यक्ष चन्द्र रिजालले विदेशमा रहेका नेपालीको उद्धारका सम्बन्धमा देखिएको सिण्डिकेट र यात्रुहरू ठगिएको विषय तत्कालन सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । उहाँले निष्पक्ष रूपमा छानविन गरेर दोषी माथि कडा कारबाही हुनेपर्ने बताउनुभएको छ ।

यात्रु उद्धारको नाममा एयरलाइन्स ट्राभल्स एजेन्सीले ठगी गरिरहेको भन्ने विषयमा चर्चा र बहसमा रहेको समयमा उहाँले समाधानका लागि दुइ बुँदे सुझाव दिँदै सिण्डिकेट अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोना भाइरसको महामारीका कारण नेपाल सरकारले नियमित हवाइ उडान बन्द गरेको अवस्थामा भएका केही चर्टर उडानहरूमा यस्तो समस्या देखिएको सुनिएको भन्दै यसले आम नागरिकमा गलत सन्देश गएको बताउनुभयो ।

उहाँले चर्टर उडान गराउँदा कम्तीमा ४ देखि ६ वटा कम्पनीको साझेदारी गराउनुपर्ने बताउनुभएको छ। पूर्व अध्यक्ष रिजालले  टिकेटिङ गर्दा पुरे सिस्टमको फलो गर्नुपर्ने र सरकारले नै भाडादर तोकिदिनुपर्ने र नियम नमान्नेमाथि निर्मम कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले भएका उडानहरूको पनि प्रभावकारी अनुगमन गर्नुपर्ने बताउँदै यस्तो सुझाव कार्यान्वयन गर्न नसके यस क्षेत्रको भ्रष्टाचा र अनियमितता रोक्न कठिन हुने बताउनुभएको छ ।

 

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १३:४७