१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

आईएमई लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल

५ भदाै, काठमाडाैँ । आईएमई लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल नियुक्त भएका छन । आईएमई ग्रुपको मुख्य लगानी रहेको आईएमई लाईफ इन्स्योरेन्सको भदाै ३ को संचालक समिति बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चार वर्षका लागि फुयाँललाई नियुक्ति गर्ने निर्णय गरेको थियो ।

फूँयालले शुक्रबारबाटै कम्पनीमा हाजिर गरेका छन । फूयाँल यसअघि सिटिजन्स लाइफ इन्स्योरेन्समा प्रमुख बजार अधिकृत रहेका थिए । एक महिनाअघि असार अन्तिम साता २२ महिना विताएर सिईओ श्रीचन्द्र भट्ट ज्योति विकास बैंक गएपछि आईएमई लाईफ सिईओविहिन बनेको थियो ।

प्रकाशित मिति : August 21, 2020 at 3:59 pm