३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

२७ साउन, काठमाडाैँ । सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोना जोखिम कायमै रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द रहने  जानकारी दिए। मन्त्रिपरिषदले गरेको निर्णय मंगलबार सार्वजनिक गर्दै खतिवडाले साे कुरा बताएका हुन् ।

यस्तै २०० भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन समेत खतिवडाले आग्रह गरेका छन्।  बढी जनसम्पर्क हुने कार्यालयका सेवा अनलाइनबाट सम्भव नदेखिए अर्को निर्णय नभएसम्म बन्द गर्न उनले आग्रह गरेका छन्।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार १७:३५