पर्सामा ४३ थुनुवासहित थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि
२३ साउन, काठमाडाैँ । पर्सामा ४३ थुनुवासहित थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा ४३ थुनुवासहित थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार वीरगञ्जका मेयर विजयकुमार सरावगीको परिवारका थप तीन जनामा समेत काेराेना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये तीन जना बारा र चार जना रौतहटका छन् । २९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका संक्रमित छन् । आर्मी ब्यारेकका थप पाँच जनामा कोरोना पुष्टि भएको छ ।
बिहीबार पत्ता लागेका संक्रमितमध्ये २८ जना वीरगञ्ज महानगरपालिका–२८ सिर्सिया, खल्वा टोलाका हुन् । गत साउन १८ मा महानगरपालिकाले उक्त वडामा ‘मास ट्रेसिङ’ गरी स्वाब संकलन गरेको थियो । संक्रमितमध्ये वीरगञ्ज –१० अशोकवाटिकामा १० जना र आदर्शनगरमा थप ३ जना रहेका छन् ।
प्रकाशित मिति : August 7, 2020 at 12:12 pm



