प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि
२२ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएकाे छ ।

निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डका परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । जसमा ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।
पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छैन । तर गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।
प्रकाशित मिति : August 6, 2020 at 1:24 pm



