१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि

२२ साउन, जनकपुरधाम  । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पुष्टि भएको हो । उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड अंगरक्षक र १ जना सशस्त्र प्रहरीका जवानमापनि कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ । यस्तै उनकै मन्त्रालयका अन्य ७ जनामा पनि कोरोना संक्रमण संक्रमण पुष्टि भएको छ ।

संक्रमित कर्मचारीहरु २८ देखि ५२ वर्ष उमेर समुहका छन्। उनीहरुको अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. विजय झाले जानकारी दिएका छन् । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदका ६ कर्मचारी र सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ।

प्रकाशित मिति : August 6, 2020 at 10:46 am