कोरोना संक्रमणबाट काठमाडौँमा एक जनाको मृत्यु
२१ साउन, काठमाडौँ । कोरोनाकाे संक्रमणका कारण काठमाडौँमा एक जनाको मृत्यु भएको छ । स्रोतका अनुसार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको हाे ।

साउन १६ गते मनमोहन अस्पतालबाट सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी उनमा निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो ।
प्रकाशित मिति : August 5, 2020 at 6:24 pm



