पर्सा र बारामा एकैदिन १३३ जनामा कोरोना संक्रमण पुष्टि
२१ साउन, पर्सा । पर्सा र बारामा एकैदिन १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायका अनुसार संक्रमितमध्ये १७ जना बारा जिल्लाका र बाँकी सबै पर्साका छन्। उनीहरू८ वर्षदेखि ७४ वर्षसम्मका रहेको डा. उपाध्यायले बताए।

संक्रमितमध्ये वीरगञ्ज कारागारका ३२ जना, सिमरा क्वारेन्टिनका १७ जना, ज्वरो आएका कारण गण्डक हस्पिटलमा भर्ना भएका दुई जना, वीरगञ्ज चिनी मिलमा गरिएको परीक्षणमा ५ जना र त्रिजुद्ध स्कुलमा गरिएको मास टेष्टिङ र कन्ट्याक्ट ट्रेसिङमा परेकाको पीसीआर परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
प्रकाशित मिति : August 5, 2020 at 3:40 pm



