८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त

२१ साउन, काठमाडाैँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) राजेशकुमार श्रेष्ठको कार्यकाल साउन २० गते पूरा भएपछि अर्को व्यवस्था नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई आजैदेखि लागु हुने गरी नियुक्त गरिएको हो ।

सञ्चालक समितिको मंगलबार बसेको बैठकले श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारी अधिृकतको जिम्मेवारी दिने निर्णय गरेको हाे ।

प्रकाशित मिति : 13:11