१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

कोरोना संक्रमणबाट पर्सामा थप १ जनाको मृत्यु, मृतककाे संख्या ६० पुग्याे

२१ साउन, पर्सा । कोरोना संक्रमणबाट पर्सामा थप १ जना पुरुषको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषकाे  बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिएका छन् । वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान ५ बजे मृत्यु भएको सिंहले पुष्टि गरेका छन् ।

फाइल फाेटाे

साउन १८ गते नारायणी अस्पतालमा गरिएको पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राति कोराेना संक्रमण पुष्टि भएको थियो । महुमेहका रोगी पुरुषमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो । यस अघि पर्साकै पोखरीया नगरपालिका वडा नम्बर ९ की १८ वर्षकी किशोरीको मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियाे । योसँगै नेपालका कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेकाे संख्या ६० पुगेको छ । यसबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।

प्रकाशित मिति : August 5, 2020 at 12:15 pm