१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ सय ५२ पुग्याे

२१ साउन,  काठमाडौँ । गण्डकी प्रदेशमा थप ९ जना कोरोना संक्रमित थपिएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा काेराेना संक्रमण पुष्टि भएको हो।

थपिएका नयाँ काेराेना संक्रमितहरू सबै पोखरा महानगरपालिकाका पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ५२ पुगेको छ। जम्मा संक्रमितमध्ये १३ सय ५४ जना उपचारपछि संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति : August 5, 2020 at 11:49 am