काठमाडौँ उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना पुष्टि
२० साउन, काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना पुष्टि भएकाे छ । उपत्यका भित्रिने नागढुंगा, साँगु र फर्पिङ नाकाबाट १० हजार ८ सय ५३ नमुना संकलन गरिएकोमा नागढुंगामा १६ जना, साँगामा १३ जना र फर्पिङमा ११ जना गरी ४० जनामा कोरोना पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । मंगलबार थप २५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २१ हजार ९ पुगेकाे छ । पछिल्लाे २४ घण्टामा ६५ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १५ हजार २६ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५८ जना पुगेकाे छ । ४ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।
प्रकाशित मिति : August 4, 2020 at 5:18 pm



