मंगलबार २५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २१ हजार नाघ्याे
१९ साउन, काठमाडाैँ । मंगलबार २५९ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार मंगलबार थप २५९ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २१ हजार ९ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा ६५ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १५ हजार २६ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५८ जना पुगेकाे छ । ४ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।
प्रकाशित मिति : August 4, 2020 at 4:31 pm



