९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

स्वाब संकलन गर्न काठमाडौँ उपत्यकाका १४ अस्पताल तोकिए

२० साउन,  काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले परीक्षणको दायरा बढाएको छ। कोरोनाका शंकास्पद संक्रमितको खोजी र पहिचान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका थप १४ वटा अस्पताललाई स्वाब संकलन गर्ने बुथ तोकेको छ। मन्त्रालयले जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरु, शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरुले नजिकको बुथमा आफ्नो स्वाब दिन भनेको छ।

काठमाडौँ उपत्यकाको पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल स्वाब संकलन स्थलको रुपमा तोकिएको छ ।  यी बुथहरूमा विहान ९ बजे देखि १ बजेसम्म पुगेर नमुना दिन सकिनेछ । मन्त्रालयले यसबाहेक सम्पूर्ण हव अस्पताल, कोभिड क्लिनिक अस्पतालहरू, कोभिड अस्पताल लेभल १,२ र ३ अस्पतालहरुमा पनि गएर नमूना दिन सक्ने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : August 4, 2020 at 2:38 pm