अख्तियारमा कार्यरत १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि
२० साउन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । १८२ जना कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

काेराेना संक्रमण पुष्टि हुने अधिकांश प्रहरी कर्मचारी छन् । एक प्रहरीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
प्रकाशित मिति : August 4, 2020 at 1:46 pm



