६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

पोल्याण्ड पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने महिला पक्राउ

१९ साउन, काठमाडौँ । पोल्याण्ड पठाइदिने भनेर ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको गर्दी गाउँपालिका-९ की ४० वर्षीय कमलाकुमारी थापालाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो। थापाले १७ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

चितवनमा लुकिछिपी बसेको अवस्थामा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले थापालाई पक्राउ गरेकाे हाे । थापालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ ल्याइएको छ। उनले १७ लाख रुपैयाँ ठगी गरेर फरार भएको भन्दै लक्ष्मी देवकोटाले गत मंसिर ३ गते गरेको उजुरीपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो।

प्रकाशित मिति : August 3, 2020 at 6:31 pm