९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

काठमाडाैँ उपत्यकामा ५१ जनामा कोरोना संक्रमण पुष्टि

१९ साउन,  काठमाडौँ ।  सोमबार काठमाडाैँ उपत्यकामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  नियमित प्रेस बिफ्रिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले सोमबार काठमाडाैँ उपत्यकामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे बताएका हुन्। उनका अनुसार केन्द्रीय प्रयोगशाला परीक्षणमा काठमाडौँका ८ जना ,यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका १७ जना , प्रहरी अस्पतालमा काठमाडौँका २ जना, पाटन अस्पतालमा काठमाडौँका ५ जना र टिचिङ अस्प‍पतालमा गरिएको परीक्षमा काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो।

काठमाडौँमा मात्र ४३ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा सोमबार ४ सय १८ जनामा कोरोना पुष्टि भएकाे छ। देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ नमुना परीक्षण गरिएको थियो। योसँगै देशभर कोरोना संक्रमितको  संख्या २० हजार ७ सय ५० पुगेको छ।

प्रकाशित मिति : August 3, 2020 at 4:58 pm