९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

साेमबार ४१८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २० हजार ७५० पुग्याे

१९ साउन, काठमाडाैँ । साेमबार ४१८ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार साेमबार थप ४१८ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार ७५० पुगेकाे छ । प्रवक्ता गाैतमका अनुसार सक्रिय संक्रमित ५ हजार ७३२ रहेका छन् ।

पछिल्लाे २४ घण्टामा ३५८ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १४ हजार ९६८ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५७ जना पुगेकाे छ । ४ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।

प्रकाशित मिति : August 3, 2020 at 4:32 pm