९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

सेना, प्रहरी र पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

१९ साउन, काठमाडौँ । पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । काेराेना संक्रमित  ६१ जना पुरुष र १२ जना महिला रहेका अस्पताल प्रशासनले जानकारी दिएको छ । काेराेना संक्रमितहरु १० वर्षदेखि ६७ वर्ष उमेर समूहका रहेका छन् ।


काेराेना संक्रमित मध्ये २ जना प्रहरी , १ जना सेना र १ जना पत्रकार रहेका छन् ।  वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका ५ जना, बारा जिल्लाका ५ जना र १ जना भारतीय नागरिक रहेका छन् । योसँगै पर्सामा काेराेना संक्रमितको संख्या ५ सय ८० पुगेको छ । काेराेना संक्रमित र मृतकको संख्या बढैसँगै  पर्सामा जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ । साउन १० देखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै जारी गरिएको निषेधाज्ञा जिल्लाभर विस्तार गरिएको हो ।

प्रकाशित मिति : August 3, 2020 at 10:57 am