२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

मेलम्चीमा पहिरो, ७ जनाको शव भेटियो, १ जनाको खोजी जारी

१९ साउन, काठमाडाैँ । सिन्धुपाल्चोकको मेलम्ची बजारमा आइतबार राति आएको पहिरोमा परी मुत्यु हुनेकाे संख्या ७ पुगेकाे छ। मेलम्ची नगरपालिका ११ स्थित मेलम्ची बजारमा सोमबार बिहानसम्म ७ जनाको शव निकालिएको छ । पहिरोमा परेका अर्का एक जनाको  खोजी जारी छ ।

मेलम्ची बजारको छेउमा कर्भड हल बनाउन आएकाहरू वीरगन्ज र भारतका मजदुरहरू पहिरोमा परि मुत्यु भएकाे छ । पहिरोमा परी मुत्यु हुने धेरै जना वीरगन्जका रहेका छन् । कभर्ड हल बनाउन ती मजदुरहरू २० दिन पहिला मेलम्ची बजार आइपुगेका थिए।

’

 

प्रकाशित मिति : August 3, 2020 at 10:44 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/