२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

विध म्यानेजमेन्टद्वारा काठमाडौँका ५० जना ट्राफिक प्रहरीको निःशुल्क कोरोना परीक्षण (फाेटाेफिचर)

१८ साउन, काठमाडाैँ। सरकारबाट मान्यता लिएर कोभिड १९ (कोरोना भाइरस) परीक्षणको जिम्मा पाएको विध म्यानेजमेन्ट प्रा।लिले ५० जना ट्राफिक प्रहरीको निःशुल्क कोरोना परीक्षण गरेको छ । पछिल्लो समय सुरक्षाकर्मीमा संक्रमण दर बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै म्यानेजमेन्टले निःशुल्क परीक्षण गरेको हो ।

सरकारबाट अनुमति लिएर कोरोना परीक्षण गर्दै आएको विध म्यानेजमेन्टले अब ४ हजारमै आरटी पीसीआर परीक्षण गरिरहेको छ । ट्राफिक प्रहरीमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टी भएपछि ट्राफिक महाशाखा सिल भएको थियो । म्यानेजमेन्टले काठमाडौंको थापाथलिमा कार्यरत ५० जनाको स्वाब संकलन गरिएको हो । ट्राफिक प्रहरी प्रवक्ता बामदेव गौतमले थापाथलिमा कार्यरत ५० जनाको स्वाब लिइएको बताएको छ ।

म्यानेजमेन्टका अनुसार उनीहरुको रिपोर्ट ४ घन्टामा नै दिइनेगरी तयारी गरिएको छ । ट्राफिक महाशाखा अन्तरगत अहिले १ हजार ४ सय ६८ प्रहरी कार्यरत छन् ।

  

प्रकाशित मिति : August 2, 2020 at 8:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/