आइतबार २४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २० हजार ३३२ पुग्याे
१८ साउन, काठमाडाैँ । आइतबार २४६ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार आइतबार थप २४६ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार ३३२ पुगेकाे छ । प्रवक्ता गाैतमका अनुसार सक्रिय संक्रमित ५ हजार ६७३ रहेका छन् ।

पछिल्लाे २४ घण्टामा १११ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १४ हजार ६०३ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५७ जना पुगेकाे छ । ५ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।
प्रकाशित मिति : August 2, 2020 at 4:31 pm



