२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

दोहोरो अंकले घट्याे सेयर बजार, १ अर्ब ८४ करोडबढीकाे कारेबार

१८ साउन, काठमाडाैँ । काराेबारकाे पहिलाे दिन शेयर बजार घछेकाे छ । आइतबार शेयर बजार दोहोरो अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ४२.७८ अंकले घटेर एक हजार ३९६.२८ मा पुगेकाे छ ।

नेप्से २.९७ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.१८ अंकले घटेर २९२.७७ मा पुगेको छ । कूल १८९ वटा कम्पनीकाे ४६ लाख ६१ हजार ६ सय ०८ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ८४ करोड १२ लाख ४२ हजार ३३२ रुपैयाँको कारोबार भएकाे छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेकाे छ । आइतबार बैंकिङ ४१.४८ अंक, व्यापार १६.७ अंक, होटल ७१.४३ अंक, विकास बैंक ५४.४ अंक, जलविद्युत १४.४१ अंक, फाइनान्स १४.२५ अंक, निर्जिवन लाइफ २३१.६६, उत्पादन ६६.६२ अंक, अन्य १२.२६ अंक, माइक्रोफाइनान्स ७४.७७ अंक, लाइफ इन्स्योरेन्स २८३.८ अंक र सामूहिक लगानी कोष समूह ०.०७ अंकले घटेको छ ।

प्रकाशित मिति : August 2, 2020 at 3:46 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/