गण्डकी प्रदेशमा थपिए २० जना काेराेना संक्रमित
१८ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आइतबार २० जना काेराेना संक्रमित थपिएका छन् । याेसँगै गण्डकी प्रदेशमा प्रदेशमा संक्रमितको संख्या १५०५ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा स्याङ्जाका ८ जना, कास्कीका ६ जना, लमजुङका ३ जना, तनहुँका २ जना र बागलुङका १ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

स्याङजाको वालिङका ५ जना पुरुष तथा पुतली बजारका २ महिला र १ पुरुष रहेका छन् । यस्तै, कास्कीको रुपा गाउँपालिकाका २ महिलासहित ५ जना र पोखरा महानगरपालिकाका १ जना पुरुष रहेका छन् ।
यसैगरी लमजुङकाे सुन्दर बजारका १ जना र दोर्दीका १ जना रहेका छन् । यस्तै तनहुँको म्याग्दे र आबुखैरेनीका १/१ जना पुरुष रहेका छन् । यस्तै बागलुङ नगरपालिकाका १ जना पुरुष रहेका छन् । गण्डकीमा हालसम्म १२४५ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।
प्रकाशित मिति : August 2, 2020 at 12:11 pm



