पर्साका ४५ जनामा कोरोना संक्रमण पुष्टि
१८ साउन, वीरगञ्ज । पर्साका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिए । संक्रमितहरूमा ३१ जना पुरूष र १४ जना महिला रहेका छन् ।

शनिबार राति संक्रमण पुष्टि भएका ४५ मा मास ट्रेसिङ र स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएकाहरु रहेका छन् । मास ट्रेसिङमा पिसिआर जाँच गराएका २९ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना रहेको मेसु उपाध्यायले जानकारी दिए ।
प्रकाशित मिति : August 2, 2020 at 9:01 am



