९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

शनिबार ३१५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २० हजार नाघ्याे

१७ साउन, काठमाडाैँ । शनिबार ३१५ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार शनिबार थप ३१५ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार ८६ पुगेकाे छ । प्रवक्ता गाैतमका अनुसार सक्रिय संक्रमित ५ हजार ३३८ रहेका छन् ।

पछिल्लाे २४ घण्टामा ९३ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १४ हजार ५ सय ९२ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५६ जना पुगेकाे छ । ५ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।

प्रकाशित मिति : August 1, 2020 at 4:34 pm