९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

१७ साउन, घोराही । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उपाध्यायलाई शुक्रबार बेलुकी चन्द्रागिरि नगरपालिका वडा नं. २ नागढुंगाबाट पक्राउ गरेको छ । अख्तियारको टोलीले उपाध्यायसँग १ लाख ४० हजार नगद र ८ लाख बैंकमा जम्मा गरेको भौचर बरामद गरेको छ ।

 सो रकम भुक्तानीबापत ठेकेदारसँग घुस लिएको अख्तियारले दाबी गरेको छ । घुस लिएको रकम साथमा लिएर हिँडेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले काठमाडौँको नागढुंगाबाट उपाध्यायलाइ नियन्त्रणमा लिएको हो । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : August 1, 2020 at 12:25 pm