९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

पर्सामा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि

१७ साउन, पर्सा । पर्सामा थप ६४ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणकामा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काेराेना संक्रमित हुनेमा एक डाक्टर, एक पारामेडिक्स र पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलगायत रहेका छन्। पर्साका संक्रमितहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर १, ३, ६, ७, १०, १२, १६, २३ २५ का रहेका छन् ।

यस्तै मास ट्रेसिङमा पिसिआर परिक्षण गराएका ४५ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर परिक्षण गराएका १०, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना, प्रतिनिधी सभा सदस्यका चालक र अङ्गरक्षक १/१ जना रहेको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् । साउन ११ गते देखि १६ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ६४ जनामा काेराेना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिएका छन् ।

प्रकाशित मिति : August 1, 2020 at 10:56 am