काठमाडौँ उपत्यकामा थपिए ३८ जना कोरोना संक्रमित
१६ साउन, काठमाडौँ । शुक्रबार काठमाडौँ उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार काठमाडौँमा ३२ जना, ललितपुरका ५ जना र भक्तपुरका १ जना गरि ३८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

प्रकाशित मिति : July 31, 2020 at 4:45 pm



