९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

शुक्रबार २२४ जनामा कोरोना संक्रमण पुष्टि, १५१ जना डिस्चार्ज

१६ साउन, काठमाडाैँ । शुक्रबार २२४ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बिहिबार थप २२४ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १९ हजार ७७१ पुगेकाे छ । प्रवक्ता गाैतमका अनुसार सक्रिय संक्रमित ५ हजार ३१६ रहेका छन् ।

पछिल्लाे २४ घण्टामा १५१ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १४ हजार ३९९ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५६ जना पुगेकाे छ । ५ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।

प्रकाशित मिति : July 31, 2020 at 4:28 pm