कोरोना संक्रमितको संख्या बढेपछि विराटनगरमा फेरि दुई साता लकडाउन
१६ साउन, विराटनगर । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी १४ दिनका लागि लकडाउन गरिएको छ । कोरोना संक्रमण समुदाय तहसम्म पुगेपछि मोरङको विराटनगर महानगरपालिकाले १४ दिन लागि लकडाउन घोषणा गरेको हाे ।

कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि महानगरपालिका क्षेत्रमा १४ दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको हो। नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले १४ दिन लामो लकडाउन गर्ने निर्णय गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव खड्काले जानकारी दिएका छन्। लकडाउन शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।
प्रकाशित मिति : July 31, 2020 at 4:02 pm



