प्रहरी जवानको कोठाबाट सुन जस्तो देखिने १ किलाे धातु बरामद
१६ साउन, काठमाडाैँ । सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी जवानकाे कोठाबाट सुन जस्तो देखिने एक किलो धातु बरामद गरिएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौँले नारायणस्थानस्थित प्रहरी जवान प्रशन्न श्रेष्ठको काेठामा फेला परेको सुन जस्तै देखिने पँहेलो धातु बरामद गरेको हो ।

गत मंगलबार साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरेको घटनामा प्रहरीले अनुसन्धान गर्नेक्रममा प्रशन्न श्रेष्ठको कोठामा छापा मार्दा एक किलो धातु बरामद गरेको हो। सो धातु परिक्षण गर्न पठाइएको छ । सो अप्रेशनको कमाण्ड दरबारमार्गका डीएसपी रन्जन दाहालले गरेका थिए ।
प्रकाशित मिति : July 31, 2020 at 1:04 pm



