९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

आयस्तर कमजाेर भएकासँग घरभाडा नलिनु : सर्वोच्च

१५ साउन, काठमाडाैँ । सर्वोच्च अदालतले कोभिड–१९ को महामारीबाट बचाउनका लागि सरकारले गरेको बन्दाबन्दीमा अवधिमा घरबहाल तिर्न नसक्ने नागरिकलाई बाध्य पारी घरबाट ननिकाल्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले आज बन्दाबन्दीका समयमा घरमा बसेका नागरिकलाई घरभाडा तिर्न नसकेको अवस्थामा घरबाट ननिकाल्न आदेश जारी गरेको हो । “बन्दाबन्दीको अवधिको भाडा तिर्न नसकेका कारण घरबाट निकाल्न, निक्लन बाध्य पार्नेजस्ता दुर्व्यबहार नगर्नु, यसरी दुर्व्यबहार भएमा स्थानीय वडा कार्यालयले सुपरिवेक्षण गर्नु”, आदेशमा भनिएको छ ।

आदेशमा स्थानीय तहले राहत बाँड्दा घरबहाल कर तिरेको रसिद माग गरेकाले घर भाडामा बस्नेले नागरिकले मागेको बेलामा कर तिरेको रसिद घरधनीले दिनसमेत आदेशमा भनिएको छ । बन्दाबन्दीका समयमा घरबहाल नतिर्ने मागमा विषयमा अदालतले बन्दाबन्दी खुकुलो भएको अवस्थामा सहज परिस्थितिमा तिर्ने भएकाले अन्तरिम आदेश जारी दिन नपर्ने उल्लेख गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँ, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइ ओबिसी महासङ्घका तर्फबाट गजेन्द्र ठाकुरले बन्दाबन्दीका समयमा घरबहाल तिर्न नसक्ने नागरिकलाई घरधनीले घरबाट निकाल्न नपाउनेलगायत आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । रिट निवेदनमा घरभाडा तिर्न नसक्ने नागरिकलाई छुट दिन माग गरेको थियो । त्यसमा अदालतले परिस्थिति सहज भएर तिर्न सक्ने भएपछि मात्र भाडा तिर्न भनेको छ ।

प्रकाशित मिति : July 30, 2020 at 10:07 pm