९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

विदेश पठाइदिन्छु भन्दै १५ जनाबाट १८ लाख ठगी गर्ने धादिङका रमेश पक्राउ

१५ साउन, काठमाडौँ । चेक रिपब्लिक पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-१२ बस्ने २६ वर्षीय रमेश कमरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विदेश पठाइदिने प्रलोभनमा पारी नगद ११ लाख १३ हजार रुपैयाँ रकम ठगी गरी
फरार रहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँकाे बसुन्धाराबाट उनलाई पक्राउ गरेको हो ।

फाइल फाेटाे

रमेशले अन्य १५ जना व्यक्तिहरूबाट समेत विभिन्न देश पठाईदिन्छु भनेर नगद १८ लाख रुपैयाँ समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ । उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर पठाइएको छ ।

प्रकाशित मिति : July 30, 2020 at 5:28 pm