पहिराेका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
१५ साउन, मुग्लिन । पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षासँगै सो राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८ः५५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

एक्साभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक पूर्णरुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बिहान निरन्तर पानी परेकाले पहिरो हटाउन समय लागेको थियो ।
प्रकाशित मिति : July 30, 2020 at 4:12 pm



