सरकारले बाढी तथा पहिराेमा परि मृत्यु हुनेका परिवारलाई २ लाख दिने
य१५ साउन, काठमाडाैँ । सरकारले बाढी तथा पहिराेमा परि मृत्यु हुनेका परिवारलाई रू २ लाख दिने भएकाे छ । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले साे कुरा बताएका हुन् । उनका अनुसार बाढी तथा पहिराेमा परि एकै परिवारका धेरै व्यक्तिकाे मृत्यु भएमा थप १ लाखका दरले रकम हस्तान्तरण गरिनेछ ।

यस्तै बाढी तथा पहिराेमा परि घर तथा खाद्यान्न नष्ट भएमा ५ जनासम्मकाे परिवारलाई तुरून्तै रू१५ हजार र ५ जनाभन्दा बढीकाे परिवारलाई रू २० हजार उपलब्ध गराउने निर्णय गरेकाे जानकारी दिए ।
साथै बाढी र पहिराेमा परेर आवास गुमाएका परिवारकाे लागि उचित स्थानमा स्थानान्तरण गरिने खतिवडाले जानकारी दिए ।
प्रकाशित मिति : July 30, 2020 at 3:50 pm



