९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

प्रहरी प्रधान कार्यालयका थप ९ जनामा कोरोना संक्रमण पुष्टि

१५ साउन, काठमाडाैँ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ले थप ९ जना संक्रमित थपिएका संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए। योसँगै प्रहरी प्रधान कार्यालयमा काेराेना संक्रमितको संख्या ४४ पुगेको छ ।

आज नयाँ थपिएका संक्रमितहरू यसअघि संक्रमण पुष्टि भएकाहरूको कन्ट्याक्ट ट्रेसिङका परेका हुन्। मुख्यालयमै संक्रमणको जोखिम बढेपछि संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएको प्रवक्ता कडायतले बताए । संक्रमितहरूकाे थप कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेकाले संक्रमितकाे संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : July 30, 2020 at 11:32 am