९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

पहिरोमा पुरिएर एकै परिवारका ७ सहित ९ जनाको मृत्यु

१४ साउन, कालिकोट । बर्षाको कारण बुधबार बिहान माथिबाट पहिरो जाँदा नरहरीनाथ गाउँपालिका-४ माझगोटी बस्ने ६५ वर्षीय बले बुढाको घर र सोही गाउँपालिका-७ डाघा बस्ने गंगे बुढाको घर समेत पहिरोले पुरिँदा ९ जनाको मृत्यु भएको छ ।


ईलाका प्रहरी कार्यालय कुमालगाउँबाट खटिएको प्रहरीले स्थानीयहरुको सहयोगमा पुरिएका व्यक्तिको खोजी गर्ने क्रममा गंगे बुढाको ६ जना परिवार र बले बुढा तथा उनकी श्रीमतीको शव फेला पारेको हो । साथै प्रहरीले गंगे बुढाको १८ वर्षीया छोरी बिमला बुढालाई उद्दार गरी उपचारका लागि स्वास्थ्य केन्द्र कुमालगाउँ पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार गरिरहेको छ ।

प्रकाशित मिति : July 29, 2020 at 5:39 pm