काठमाडौँ उपत्यकामा बुधबार थपिए १५ जना कोरोना संक्रमित
१४ साउन, काठमाडौं । बुधबार काठमाडौँ उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार काठमाडौँ जिल्लामा १४ जना र भक्तपुरमा १ जनामा काेराेना संक्रमण पष्टि भएकाे बताैका छन् । काठमाडौँमा भेटिएका काेराेना संक्रमित कुन ठाउँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।

प्रकाशित मिति : July 29, 2020 at 4:55 pm



