काठमाडौँमा एकैदिन ४८ जनामा कोरोना संक्रमण पुष्टि
१३ साउन, काठमाडाैँ । काठमाडाैँमा मंगलबार एकैदिन ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा मात्रै ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार देशभर ३११ जनामा संक्रमण पुष्टि भएको छ भने १२१ जना निको भएका छन् । योसँगै देशभर कूल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ भने निको हुनेको संख्या १३ हजार ८७५ पुगेको छ ।
प्रकाशित मिति : July 28, 2020 at 4:39 pm



