काठमाडौँकाे गोंगबुस्थित गेष्ट हाउसको कोठामा आत्महत्या गर्न खाेज्नेकाे प्रहरीद्धारा उद्धार
१३ साउन, काठमाडौँ । काठमाडौँकाे महानगरपलिका-२६ बिजि मलस्थित एक गेष्ट हाउसको ३०१ नम्बरको कोठामा आत्महत्या गर्न खोज्ने ३४ वर्षीय एक व्यक्तिको सोमबार बिहान प्रहरीले उद्दार गरेको छ ।

ती व्यक्तिले आफ्नो फेसबुक पेजमा जिन्दगीमा धेरै तनाब भएर केही सोच्ने क्षमता नभएपछि आत्महत्या गर्दैछु कसैको केही दोष छैन, म मरेको खबर मेरो घरमा नपठाइदिनु होला लगायत लेखेर पोष्ट गरेका थिए । उक्त खबर पाउनेबिततिकै महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले उनको सकुशल उद्दार गरेको हो । प्रहरीका अनुसार उनि डिप्रेसनकाे शिकार भएकाे खुलेकाे छ । यससम्बन्धमा थप अनुसन्धान भैरहेकाे समेत प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : July 28, 2020 at 2:41 pm



