काठमाडौँको माछापोखरी र बानियाटारका २ जनामा कोरोना संक्रमण पुष्टि
१३ साउन, काठमाडाैँ । काठमाडौँको माछापोखरी र बानियाटारका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडैँको माछापोखरी १६ का ३० वर्षिय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी स्टार अस्पतालमा नै गरिएको परिक्षणमा बानियाटारका ४० वर्षिय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरू दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
प्रकाशित मिति : July 28, 2020 at 10:34 am



