९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

२ बालिकामाथि बलात्कार गरेकाे आरोपमा पक्राउ परेका युट्युवर अर्जुन शिवाकोटी जेल चलान

१३ साउन, काठमाडाैँ । २ बालिकामाथि बलात्कार गरेकाे आरोपमा पक्राउ परेका युट्युवर अर्जुन शिवाकोटी पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौँकाे आदेशले उनलाई डिल्लीबजार कारागार चलान गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शिवाकोटीलाई काठमाडौंबाट असार १५ गते पक्राउ गरेको थियाे । ‘मेकिङ नेपाल’ युट्युव च्यानलका सञ्चालक  ३८ वर्षीय शिवाकोटीले काठमाडाैँका १४ बर्षीया र १२ बर्षीया किशोरीलाई पटक-पटक यौन शोषण गरेकाे भन्दै उजुरी परेकाे थियाे ।

०७६ असोजदेखि १४ बर्षीया किशोरीलाई उनले डर, त्रास देखाएर बलात्कार गर्दै आएका थिए । बलात्कृत किशोरीका आमा, बुबासँगै अर्जुन ४ वर्षदेखि एउटै घरमा बस्थे । पछि १२ बर्षीया बालिकालाई समेत बलात्कार गर्न थाले । पीडित किशोरीको आमासँगै व्यवसाय समेत गर्ने हुनाले छोरीहरुले उनलाई अंकल भनेर बोलाउँथे । अर्जुनले त्यही सामिप्यताको फाइदा उठाए ।

यौन दुर्व्यवहार गरेको थाहा पाएपछि पीडितका परिवारले कुरा उठाउँदा आरोपीले मार्ने धक्कि दिँदै ‘म पत्रकार भएकाले प्रहरीले पनि मलाई केही गर्न सक्दैन’ भनेर डर देखाएको पीडितले बताएका छन् ।

प्रकाशित मिति : July 28, 2020 at 9:23 am