१५ जेष्ठ २०८३, शुक्रबार | Sat May 30 2026

राष्ट्र बैंकद्धारा शेयर धितो राखेर ७० प्रतिशतसम्म ऋण दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन

१२ साउन, काठमाडाैँ । शेयर धितो राखेर ७० प्रतिशतसम्म ऋण लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएको व्यवस्थालाई कार्यान्वय गर्नका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

चालु आर्थिक वर्षकाे मौद्रिक नीतिमा शेयर धितोमा ऋणको सीमा बृद्धि गरेपछि राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गरेको हो । यसअघि शेयर धितो मूल्याङ्कनको ६५ प्रतिशत मात्रै ऋण दिन पाइने व्यवस्था थियो ।

राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने कर्जाको हकमा सुरक्षण बापत राखिने सेयरको मूल्यांकन गर्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १२० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो रकमको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न सकिने जनाएको छ ।

साथै नयाँ व्यवस्था अनुसार एक पटक प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको सेयरको पुनरमूल्यांकन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न भने नपाउने भएको छ ।

प्रकाशित मिति : July 27, 2020 at 6:03 pm