९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

साेमबार १३९ जनामा कोरोना संक्रमण पुष्टि, ६२६ जना डिस्चार्ज

१२ साउन, काठमाडाैँ । साेमबार १३९ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार साेमबार थप १३९ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १८ हजार ७५२ पुगेकाे छ । प्रवक्ता गाैतमका अनुसार सक्रिय संक्रमित ४ हजार ९५० रहेका छन् ।

पछिल्लाे २४ घण्टामा ६२६ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १३ हजार ७५४ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४८ जना पुगेकाे छ । ६ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।

प्रकाशित मिति : July 27, 2020 at 4:26 pm