१५ जेष्ठ २०८३, शुक्रबार | Sat May 30 2026

एनआईसी एसिया बैंकमा अब डिजिटल खाता खोल्न मिल्ने

१२ सायन, काठमाडाैँ । एनआईसी एशिया बैंकले डिजिटल खाता खोल्ने व्यवस्था गरेको छ । ग्राहकले बैंकको कार्यालयमा नै पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने प्रणालीको सुरुवात गरेको हो । बैंकका अनुसार ग्राहकले डिजिटल प्रणालीमार्फत भौतिक फारमको सट्टा खाता खोल्नको लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता खोल्न सक्ने जनाएको छ ।

उक्त प्रणालीमा सेवाग्राहीहरूले चमत्कारिक सुविधाहरूले भरिपूर्ण ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरूमध्ये आफुले इच्छाएको खाता छनौट गरी आफ्नो खाता डिजिटल रुपमा खोल्न सक्ने बैंकले बताएको छ ।

कम्प्युटरमा दक्षता नपुगेका ग्राहकका निम्ति बैंककै कर्मचारीहरूको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिने समेत व्यवस्था गरेको बैंकले जानकारी दिएको छ । जसका लागि बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमा छुट्टै डिजिटल लबीको समेत व्यवस्था गरेको जनाएको छ । उक्त प्रणलीमार्फत खाता खोल्दा ग्राहकलाई लामो फारम भर्ने तथा आफ्नो पालो कुरेर बस्ने झन्झटबाट मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।

बैंकले यसअघि घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको यस बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाईन प्रणालीको शुभारम्भ गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : July 27, 2020 at 4:09 pm