विराट नर्सिङ होमका थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि
१२ साउन, विराटनगर । विराटनगरको विराट नर्सिङ अस्पतालका ४ जना महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार अस्पताल सञ्चालकलाई काेराेना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेरका ५८ जनाको पीसीआर जाँच गर्दा ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाे हाे । कोरोना पुष्टि हुने २१, ३०, ३१ र ५६ वर्षीया स्टाफ नर्स रहेका छन्।

काेराेना संक्रमण पुष्टि भएसँगै अस्पताल अनिश्चित कालका लागि सिल गरिएको छ । पछिल्लो समय मुलुकभरका विभिन्न जिल्लामा कोरोना संक्रमणको संख्या बढ्ने क्रम जारी छ। वीरगन्ज, सप्तरी र विराटनगरमा पूर्ण रुपमा लकडाउन जारी गरिएको छ।
प्रकाशित मिति : July 27, 2020 at 1:15 pm



