कोरोनाको कारण थप दुई जनाको मृत्यु
११ साउन, काठमाडाैँ । कोरोना भाइरस (कोभिड-१९)का कारण थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका एक जना पुरूष र पर्साका एक जना पुरूष रहेका छन । धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषाको शहीदनगर नगरपालिका- ८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको थियो उनमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ को स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले आइतबार साँझ ७ बजे युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।
यस्तै वीरगञ्जस्थित नारायणी अस्पताल अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट पोजेटिभ आएको डाक्टर निरज सिंहले जानकारी दिए । बृद्धलाई शनिबार राति वीरगञ्ज हेल्थकेयरबाट गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : July 26, 2020 at 9:12 pm



