९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

आइतबार काठमाडाैँमा थपिए ८ जना कोरोना संक्रमित

११ साउन, काठमाडाैँ । काठमाडाैँमा आज थप ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिए । प्रवक्ता गौतमका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ३ जना, केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा २ जना र स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौँका ३ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए।

यस्तै, पछिल्लो २४ घन्टामा देशभर १३० जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा उनीहरूको नतिजा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिए। प्रवक्ता गौतमका अनुसार हाल देशभर ५ हजार ४४० सक्रिय संक्रमित छन् भने पछिल्लो २४ घण्टामा ७५ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार १२८ जना डिस्चार्ज भएका छन्।

प्रकाशित मिति : July 26, 2020 at 5:08 pm